
छोग्याल रिम्पोचे सेक्रेट मेडिटेसन
ध्यान एक अध्यात्मिक शक्ति हो जसले एक ब्यक्तिको अन्तरकरणलाई केन्द्रित गर्दछ, बिचारलाई नियन्त्रण गर्दछ जसको कारण स्वरुप गलत र खराब बिचारको नाश हुन्छ र साथै अध्यात्मिक शक्तिको बिकास हुन्छ । ध्यानबाट मानिसले भौतिक, मानसिक र अध्यात्मिक सुखको भोग गर्न सकिन्छ । जसरी मानिसको शरीरलाई खानाको आवश्यकता पर्दछ त्यसरी नै मानिसको चित्त र मनलाई पनि खाना र उर्जाको आवश्यकता पर्दछ तसर्थ ध्यान मानिसको चित्तको लागी अत्यन्तै महत्वपुर्ण खाना हो । कुनै एक ब्यक्तिले हरेक पल, क्षण ध्यान गर्न सक्दैन, मात्र केहि १०–१५ मिनेटको क्षण नै काफी हुन्छ । ध्यान एक शक्ति हो जसले ब्यक्तिलाई चेतना दिने काम गर्छ । हरेक क्षेत्रका बिद्धानहरुले ध्यानको बारेमा अध्ययन गरी यसको फाईदालाई मान्यता दिएका छन् ।
- 1 : 00
- Oct 03, 2015
- Karki Banquet, Thapathali