जीवनी छोटकारीमा

छोग्याल रिम्पोचेको जन्म ई । सं । १९८५ , नेपालमा भएको थियो । उनको बिहारिक जिवन ५ बर्षको उमेरमा नै सिक्किमको रुम्तेक तथा जुर्मङ बिहारबाट शुभआरम्भ भएको हो । जहाँ उनले १० बर्ष सम्म ध्यान र बज्रयानी बिधीको अभ्यास गर्नु भएको थियो । त्यस पश्चात श्री दिवाकर बुद्धिस्ट ईन्स्टिच्युट जोङ्गसर बुद्धिस्ट फिल्लिपिन्स मा १० बर्ष अध्ययन गर्नु भएका थिए । २०१० मा उहाँले बुद्धिस्ट दर्शन विषयमा खेन्पो डिग्री प्राप्त गरी स्नातकोत्तर गर्नुभयो । २०१० देखि २०१३ सम्म उनी चीनको बिभिन्न ठाँउ विषेश गरी तिब्बत भ्रमणमा रहनुभयो । रिपास तथा योगिहरु समिप गएर कैलाश पर्बतमा निकै समय ब्यतित पनि गर्नुभयो । उनि संसारको २० भन्दा बढी देशहरु पुगी ज्ञान प्राप्ति को लागी बिभिन्न धार्मिक बिषयबस्तुहरु जस्तै ईसाईवाद , हिन्दुवाद , ईस्लाम ईत्यादी को सुक्ष्मरुपमा अध्ययन गर्नुभयो । साथै स्विट्जरल्यान्ड बाट मनोबिज्ञान बिषयमा पनि धेरै अध्ययन पुरा गर्नुभएको छ । विश्वमा नै शान्ति, माया, कृपा, ज्ञान र ध्यान को दियो जलाउनको लागी तत्पर उनी अहिले होप म्यागेजिन सँगको सहकार्यमा आध्यात्मिक तथा सामाजिक गतिबिधिहरुमा कृयाशील भएर अघि बढी रहनुभएको छ ।